१६ बैशाख २०८१, आइतबार

‘यो दाजुको मिर्मिरे आँखा’ बोलको गीतमा विवादपछि यूटुबबाट हटाईयो

प्रकाशित मिति :  10 June, 2020 9:41 am


काठमाडौं, २८ जेठ ।

चर्चित लोक गीत ‘यो दाजुको मिर्मिरे आँखा’ अनुमति नलिएर गाएको आरोप लागेपछि गायक चेतन गोतामेले आफ्नो अफिसियल यूटुबबाट नयाँ रेकर्ड गरेको गीत हटाएका छन् ।

सुरुमा पाण्डव सुनुवार,पृथ्वीमान गुरुङ, विष्णु गुरुङ र शान्ती नेपालीले  गाएको गीत पछि प्रविण गुरुङ र विमाकुमारी दुराले गएका   थिए । निकै चर्चित सदाबहार लोकगीतलाई अहिले ‘कभर गीत’का लागि भन्दै चेतन गोतामेले गाएपछि विवाद सुरु भएको थियो ।

यस गीतका सर्जक धनबहादुर गायकले आफ्नो अनुमति नलिएर गीत गाईएको भन्दै आपत्ति जनाएपछि गोतामेले गीत युट्युबबाट समेत हटाएका छन् । गीतका सर्जक गायकले गीत समेत बिगारेर गोतमेले गाएको आरोप लगाएका छन् ।

उनका अनुसार ‘यो बहिनीको’ भन्ने ठाँउमा ‘यो नानी’को भनेर गाईदिएका छन् । विवादपछि गायक गोतामेले विज्ञप्ति जारी गर्दै भनेका छन्,‘भर्खरै नेपाली सांगीतिक बजारमा भगवानरुपी दर्शक महानुभावहरुले अत्यधिक मन पराइदिनु भएको गीत ‘यो दाजुको मिरमिरे आँखा’ गीत कभर रेकर्डिङ गर्ने क्रममा मौखिक रुपमा सहमति भएको तर कागजीय सहमति प्रकया बाँकिनै रहेको हुँदा लकडाउन अवधिको बीचमा आएका सवालहरुले सर्जकप्रति हुने अप्ठ्याराहरुलाई महसुस गर्दै ‘चेतन गोतामे अफिसियल यूटुब च्यानल’बाटमार्फत साभार गरिएको गीत सो  यूटुब च्यानलबाट बाट हटाउने निर्णय गरेको छु ।’ उनले साथै यस गीततका वास्तविक सर्जक धन बहादुर गायकप्रति सम्मान समेत व्यक्ति गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !