८ बैशाख २०८१, शनिबार

प्रथम वल्र्ड मार्शल आर्ट्स भर्चुअल प्रतियोगितामा नेपाललाई रजत पदक

प्रकाशित मिति :  10 June, 2020 2:33 pm


काठमाडौं, २८ जेठ ।

प्रथम वल्र्ड मार्शल आर्ट्स भर्चुअल प्रतियोगितामा नेपालले रजत पदक प्राप्त गरेको छ ।

नेपाल मार्शल आर्ट्स हाप्किडो संघ तथा दक्षिण एसिया हाप्किडो महासंघका अध्यक्ष कालीबहादुर घर्ती मगरका अनुसार वल्र्ड मार्शल आर्ट्स अर्गनाइजेशन र वल्र्ड मार्शल आर्ट्स काउन्सिलको सहकार्यमा भएको अनलाइन प्रतियोगितामा नेपालको तर्फबाट अन्तर्राष्ट्रिय हाप्किडो खेलाडी नुवाकोटका प्रविन गुरुङले रजत पदक हात पारेका हुन् ।

प्रतियोगितामा २७ देशको सहभागिता थियो । १८ देखि ३५ वर्षको उमेर समूह अन्तर्गत गुरुङले उक्त उपाधि जितेका हुन् ।

यो जित हाप्किडो संघको मात्रै नभएर सम्पूर्ण खेलाडी, खेलप्रेमी, नेपाल र नेपालीको खुसी भएको भन्दै महासंघका अध्यक्ष घर्ती मगरले विश्व मार्शल आर्ट्स भर्चुअलमा नेपालले भाग लिई उपाधि जित्न सफल भएकोमा धेरै खुसी लागेको बताए ।

साथै, उनले कोरोना भाइरस (कोभिड–१९)का कारण विश्व नै भयावह भएको यस अवस्थाबीच पनि यो जितमार्फत नेपालको झण्डा विश्वमा चिनाउन पाएकोमा गर्व महसुस भएको बताए ।



प्रतिक्रिया दिनुहोस !