१९ मंसिर २०८२, शुक्रबार

लुम्बिनी प्रदेशका अस्पतालहरूमा म्याद समाप्त भएका लाखौँको औषधि प्रतिस्थापन हुन बाँकी

प्रकाशित मिति :  18 May, 2025 12:02 pm


काठमाडाैँ । लुम्बिनी प्रदेशका विभिन्न अस्पतालका फार्मेसीहरूमा खरिद गरिएको औषधीहरूको म्याद समाप्त भएता पनि ती औषधीहरू प्रतिस्थापन नभएको महालेखा परीक्षक कार्यालयको प्रतिवेदनले देखाएको छ।

अस्पतालमा सञ्चालित फार्मेसीले खरिद गरेको औषधीको म्याद सकिएको वा टुटफुट भएको खण्डमा खरिद सम्झौता अनुसार ती औषधि आपूर्तिकर्ताबाट प्रतिस्थापन गराउनु पर्ने व्यवस्था छ।

तर प्रतिवेदनअनुसार प्युठान अस्पतालको फार्मेसीमा रु. १७ लाख ३१ हजार, पृथ्वीचन्द्र अस्पतालको फार्मेसीमा रु. ८३ हजार र लुम्बिनी प्रादेशिक अस्पतालमा रु. ७ लाख ७३ हजार बराबरका औषधीहरूको म्याद समाप्त भएको छ। कुल रु. २५ लाख ८७ हजार मूल्य बराबरका यी औषधीहरू प्रतिस्थापन हुन बाँकी रहेकाे महालेखाले जनाएकाे छ ।

प्रतिवेदनले प्रतिस्थापन नगर्ने अस्पतालका सम्बन्धित पदाधिकारीहरूलाई जिम्मेवार ठहर गर्नुपर्ने देखाएको छ। महालेखाले यस विषयमा सम्बन्धित निकायलाई आवश्यक सुधार र कारवाहीका लागि निर्देशन दिएको छ।



प्रतिक्रिया दिनुहोस !