एमालेको सचिवालय बैठक बस्दै
प्रकाशित मिति : 25 May, 2025 1:58 pm
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमाले को सचिवालय बैठक आर्थिक वर्ष २०८२/८३ को बजेट तथा समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज बस्न लागेको छ ।
ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा दिउँसो २ः०० बजे बैठक बस्ने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
उनकाअनुसार बैठकमा बजेट, गणतन्त्र दिवस, सरकारको काम, मुलुकको राजनीतिक परिस्थितिलगायत समसामयिक विषयमा छलफल हुने छ ।
यसअघि एमाले सचिवालय बैठक गत वैशाख २१ गते बसेको थियो ।








