२० मंसिर २०८२, शनिबार

प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति गगन थापा भन्छन्ः आइन्दा त्यस्ता कुराहरू नदोहोरियोस्

प्रकाशित मिति :  26 May, 2025 1:30 pm


काठमाडाैँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई उत्तेजक बनाउने अभिव्यक्ति दिन नहुने बताएका छन् ।

सोमवार बसेको पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रधानमन्त्रीलाई आगामी दिनमा यस्ता उत्तेजक अभिव्यक्ति नदिन ध्यानाकर्षण गराएका हुन्।

प्रधानमन्त्री ओलीले शनिवार गोदावरीमा आयोजित नेकपा (एमाले) वागमती प्रदेश कमिटीद्वारा आयोजित वडाध्यक्षहरूको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै जेठ १५ गते राजधानी काठमाडौँलाई एमालेको नियन्त्रणमा राख्न दिर्नेशन दिएका थिए। जसमा काँग्रेस महामन्त्री थापाले आपत्ति जनाए ।

उनले कसैले पनि उत्तेजनामा ल्याउने काम गर्न नपाइने भन्दै प्रधानमन्त्रीले स्वयं उत्तेजक हुने अभिव्यक्ति दिनेकुरा कल्पना बाहिरको कुरा भएको बताए ।

महामन्त्री थापाले आगामी दिनमा त्यस्ता कुराहरु नबोल्न सचेत गराए ।



प्रतिक्रिया दिनुहोस !