२० मंसिर २०८२, शनिबार

पूर्वराजा शाह लक्षित ओलीको टिप्पणीः हजुरबाउ नभए नाती त पक्कै भन्दै तमासा देखाउँछन्

प्रकाशित मिति :  26 May, 2025 6:31 pm


काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहले तमासा देखाएकाे टिप्पणी गरेका छन्। सिंहदरबारमा आयोजित राष्ट्रिय पर्यटन संवादलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो टिप्पणी गरेका हुन् ।

राजतन्त्र फर्काउने भनेर नचाहिने कुरा गर्दै हिँडिरहनु उचित नहुने उनको भनाइ छ । उनले ज्योतिषीहरू पात्रो पल्टाएर हजुरबुबा नभए नाती त पक्कै राजा हुन्छ भन्दै हिँड्ने गरेको बताए । उनले राजतन्त्र समर्थकहरू राजा ल्याउने भन्दै सडकमा आएर तमासा देखाइरहेको बताए ।

“अर्कोथरी फेरि चाहिने नचाहिने कुरा गरेर अब कोही ज्योतिषी अब यसो पल्टाएर हुन्छ, हुन्छ भन्यो । अर्को निस्किन्छ, अर्को पात्रो पल्टाउँछ, हजुरबाउ भएन भने नाती त पक्कै भन्छ फेरि । त्यसो भए हिँड भाई हो सडकमा भन्छ अर्काले । यो खालको तमासा पनि त्यसै दिन आइहाल्यो,” उनले भने ।

जेठ १५ गते राजावादीहरूले राजतन्त्र पुनःस्थापनाका लागि आन्दोलन गर्दैछन् । जसलाई लिएर प्रधानमन्त्री ओलीले यस्तो टिप्पणी गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !