१९ मंसिर २०८२, शुक्रबार

अनेरास्ववियु लुम्बिनी प्रदेश कमिटीद्वारा महाधिवेशन प्रतिनिधि चयन

'नेतृत्व चयनका लागि तय गरिएको ३२ वर्षे उमेर हद सम्बन्धी निर्णय महाधिवेशनको हलबाटै गरिने'
प्रकाशित मिति :  28 May, 2025 9:52 pm


रोल्पा । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) लुम्बिनी प्रदेश कमिटीले संगठनको २४ औं राष्ट्रिय महाधिवेशनका लागि नौ सदस्यीय प्रतिनिधि टोली चयन गरेको छ। रोल्पाको नुवागाउँमा सम्पन्न चौथो पूर्ण बैठकले ३ महिलासहित ९ सदस्यीय महाधिवेशन प्रतिनिधि चयन गरेको हो ।

प्रदेश अध्यक्ष सन्तोष बाठाको अध्यक्षतामा बसेको बैठकले प्रदेश अध्यक्ष सन्तोष बाठा, उपाध्यक्षद्वय मदन भण्डारी र नारायण भुसाल, सचिव रमेश ढकाल, कोषाध्यक्ष अञ्जित खनाल, सदस्य वसन्त भट्टराई, महिलातर्फ प्रदेश उपसचिव मनिषा ज्ञवाली, प्रदेश महिला विभाग प्रमुख रमा श्रेष्ठ र सदस्य स्नेहा क्षेत्रीलाई प्रतिनिधिका रूपमा चयन गरेको हाे ।

बैठकका प्रमुख अतिथि एवं अनेरास्ववियुका केन्द्रीय सचिव विनिता काफ्लेले राष्ट्रिय महाधिवेशनलाई सफल पार्न सबै प्रतिनिधिहरू एकजुट भएर लाग्नुपर्ने बताइन् । उनले महाधिवेशनले शिक्षाक्षेत्रमा उठेका विविध विषयमा बहस गरी स्पष्ट निष्कर्ष निकाल्ने जानकारी दिइन्।

बैठकमा बोल्दै प्रदेश अध्यक्ष सन्तोष बाठाले नेतृत्व चयनका लागि तय गरिएको ३२ वर्षे उमेर हद सम्बन्धी निर्णय महाधिवेशनको हलबाटै गरिने बताए । उनले पार्टीले प्रस्ताव गरेकाे उमेर हदबन्दीकाे विषयलाई समेटेर महाधिवेशन हलमा विधान प्रस्तुत गर्ने र पारित विधानअनुसार नयाँ नेतृत्व चयन गरिने उल्लेख गरे ।

अनेरास्ववियुकाे नेतृत्वका लागि ३२ वर्षे हदबन्दी लागु गर्दैगर्दा पार्टीमा ६० वर्षे हदबन्दी लागु गर्नुे ? उनले प्रश्न गरे । उपाध्यक्ष मदन भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको बैठकमा नेकपा एमाले रोल्पा जिल्ला कमिटीका सचिवालय सदस्य कविराज बुढा, नेपाल राष्ट्रिय शिक्षक संगठन रोल्पाका अध्यक्ष गणेशकुमार घर्तीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। बैठकको सञ्चालन प्रदेश सचिव रमेश ढकालले गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !