२० मंसिर २०८२, शनिबार

नकारात्मक सन्देशको निरन्तरताले काँग्रेस सशक्त बन्न सक्दैनः प्रदीप पौडेल

प्रकाशित मिति :  30 May, 2025 5:16 pm


काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री एवं नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले नकारात्मक सन्देशको निरन्तरताले नेपाली काँग्रेस सशक्त बन्न नसक्ने बताएका छन् ।

शुक्रवार काठमाडौँमा अयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले काँग्रेसले आफूलाई जिम्मेवारी दिएर सरकारमा पठाएको र जिम्मेवारी प्रभावकारी ढंगबाट निर्वाह गर्ने प्रतिवद्धता जनाएका हुन् । सरकारमा गइसकेपछि जनताका बिचमा प्रचार गर्नेगरी उपलब्धिहरू देखाउन सक्नुपर्ने बताए ।

राजनीतिमा म्यासेज सबैभन्दा ठूलो कुरा हुने भन्दै सकारात्मकता बढाउने गरी काम गर्नुपर्ने बताए । मन्त्री पौडेलले आफूले स्वास्थ्य क्षेत्रमा केही सुधार गर्ने प्रयत्न गरिरहेको बताए । काँग्रेसलाई आफ्नो कार्यशैलीबाट लोकप्रिय बनाउनुपर्ने बताए । नेपाली राजनीतिमा प्रतिष्पर्धात्मक परिस्थिति बनेको बताए ।



प्रतिक्रिया दिनुहोस !