२० मंसिर २०८२, शनिबार

भिजिट भिसा प्रकरणबारे छानविन समिति बनाउन माओवादी केन्द्रको माग

प्रकाशित मिति :  4 June, 2025 11:04 am


काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले भिजिट भिसा प्रकरणबारे छानविन समिति बनाउनुपर्ने माग गरेका छन् । 

बुधवारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले भिजिट भिसा प्रकरणबारे छानविन समिति बनाउनुपर्ने माग गरेका हुन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक संलग्न रहेको आरोप लगाउँदै प्रमुख प्रतिपक्ष दलसहितका विपक्षी राजनीतिक दलहरूले विरोध जनाउँदै गृहमन्त्री लेखकको राजीनामा माग गर्दै संसद अवरोध गरिरहेका छन् ।

सदनलाई अवरुद्ध गरिरहेको बेलामा गृहमन्त्री लेखकले एकैदिन अख्तियारमा कार्यरत प्रहरी अधिकारीको सरुवा गर्ने र फेरि तत्काल फिर्ता गर्ने काम गर्नुले थप शंका पैदा गरेको उल्लेख गरे। नागरिकहरू सुशासन खोजिरहेका बेला सरकारले झनै कुसंस्कारका काम गरिरहेको उनकाे आरोप छ । 

प्रमुख सचेतक पाण्डेले सरकारले विधेयकहरू छिटो टुंगो लगाउने गरी नलागेको आरोप लगाए ।



प्रतिक्रिया दिनुहोस !