संस्कृति नीति चालु अधिवेशनबाटै पारित गर्छौंः मन्त्री पाण्डे
काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले संस्कृति नीति चालु अधिवेशनबाटै पारित गर्ने बताएका छन् ।
शुक्रवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले अहिलेको समसामयिक र वर्तमान अवस्थालाई बोकेर हिँड्नसक्ने संस्कृति नीति सदनबाट पारित हुने बताएका हुन्।
अभौतिक सम्पदाको संरक्षणका लागि भनेर संसदमा ऐन छलफलमा रहेको पनि उल्लेख गरे। अभौतिक विषयवस्तुलाई संरक्षण र संवद्र्धन गर्ने प्रवद्र्धन गर्ने दिशामा सरकार अग्रसर रहेको बताए। प्रज्ञा प्रतिष्ठान, संगीत तथा नाट्य प्रतिष्ठान, राष्ट्रिय नाचघर, ललितकला प्रतिष्ठान लगायतको माध्यमबाट सम्पदा, संस्कृतिलाई संवद्र्धन गर्ने दिशामा संस्कृति मन्त्रालयले भुमिका निर्वाह गर्ने बताए ।
मन्त्री पाण्डेले नेपालको प्रकृति अनुपम रहेको बताए । प्रकृति र संस्कृति नेपालको सम्पती भएको बताए । संस्कृतिको उत्थान र विकास एवं प्रकृतिको उपयोगबाट नेपाल विश्वमाझ चिनाउनु जरुरी रहेको बताए ।








