२० मंसिर २०८२, शनिबार

विपक्षी दलहरूको बैठक बस्दै

प्रकाशित मिति :  8 June, 2025 11:24 am


काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहितका विपक्षी दलहरूले आज संसद भवनमा बैठक बस्दैछन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार मध्यान्ह १२ बजे आफ्नै संसद् भवनस्थित कार्यकक्षमा बैठक बोलाएका हुन् ।

भिजिट भिसा प्रकरणलाई लिएर संसद् अवरोध गरिरहेको विपक्षी मोर्चाले यो बैठकमार्फत आगामी रणनीति तय गर्नेछ । हाल गृहमन्त्री रमेश लेखकको राजीनामाको माग राख्दै संसद् अवरुद्ध पारिएको छ ।

पछिल्लो समय माओवादी केन्द्रले उक्त अडानबाट केही लचिलो संकेत दिँदै छ । स्रोतका अनुसार गृहमन्त्रीको राजीनामाबिनै यदि छानबिन समिति गठन गर्ने स्पष्ट प्रतिबद्धता सरकारबाट प्राप्त भयो भने संसद् अवरोध खुलाउने सम्भावना रहेको छ ।

सहमतिको खोजीस्वरूप माओवादी अध्यक्ष प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पछिल्ला दिनमा निरन्तर संवाद गरिरहेका छन् । राजनीतिक संवादमार्फत सहमति खोज्ने र संसद सञ्चालन गर्ने प्रयासका रूपमा यो बैठकलाई हेरिएको छ ।

सरकार र विपक्षी दलबीच सहमति जुटेमा संसद् सञ्चालनमा आउने र आर्थिक वर्ष २०८२/८३ को बजेटमाथिको छलफललाई गति दिने सम्भावना देखिएको छ।



प्रतिक्रिया दिनुहोस !