६ असार २०८२, शुक्रबार

लोकतन्त्रमा जनता नै शक्तिका श्रोत हुन्-महासचिव पोखरेल

प्रकाशित मिति :  10 June, 2025 8:25 am


काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले लोकतन्त्रमा जनतालाई शक्तिको श्रोतका रूपमा स्वीकार गर्नुपर्ने बताएका छन् ।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै पोखरेलले जनताको हित नै राज्यको मूल कर्तव्य भएको उल्लेख गरेका छन्। उनले जनताको हितविपरीत देखिने चिन्तन र व्यवहारलाई अलोकतान्त्रिक प्रवृत्तिका रूपमा चित्रण गरेका छन् ।

महासचिव पोखरेलले लेखेका छन्, “लोकतन्त्रमा जनता नै शक्तिका श्रोत हुन्। जनताको हित नै राज्यको कर्तव्य हो । त्यस विपरीत चिन्तन र व्यवहार अलोकतान्त्रिक हो ।”

उनको यो अभिव्यक्तिलाई वर्तमान राजनीतिक परिप्रेक्ष्यमा नागरिक अधिकार, जनउत्तरदायी शासन र सत्ताको व्यवहारगत चरित्रसँग जोडेर विश्लेषण गर्न सकिन्छ ।

यसअघि पनि महासचिव पोखरेलले संविधानको मर्मअनुसार जनताको सशक्त प्रतिनिधित्व र निर्णय प्रक्रियामा जनउत्तरदायित्व कायम हुनुपर्ने विषयमा धारणा सार्वजनिक गर्दै आएका छन् ।



प्रतिक्रिया दिनुहोस !