१२ दिनदेखि त्रिवि शिक्षण अस्पतालको आइसियुमा वैद्य, स्वास्थ्य अवस्था सुधारोन्मुख
प्रकाशित मिति : 10 June, 2025 2:06 pm

काठमाडाैँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव मोहन वैद्य १२ दिनदेखि अस्पतालको आइसियुमा उपचाररत छन्।
उनको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा आइसियुमा राखेर उपचार भइरहेको हो । पुरानो रोग दम बढेपछि उनी शिक्षण अस्पतालको आइसियुमा भर्ना भएका थिए ।
उनको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पताल प्रशासनले जनाएको छ । अक्सिजन स्तरमा उतार–चढाव भइरहेको र चिकित्सकले निरन्तर निगरानी गरिरहेको अस्पतालले जनाएको हो ।
वैद्य क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल का महासचिव तथा संयोजक छन्। उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको पारिवारिक स्राेतले बताएको छ ।