६ असार २०८२, शुक्रबार

वाम एकता भइहाल्ला भन्ने कुरामा आश्वस्त छैनः पूर्वराष्ट्रपति भण्डारी

प्रकाशित मिति :  10 June, 2025 6:39 pm


काठमाडाैँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा तत्काल वाम एकता हुने कुरामा विश्वास नरहेको बताएकी छन् ।मङ्गलवार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै उनल नेपालमा वाम एकता गरे पनि अहिलेसम्म टिक्न नसकेको बताएकी हुन्।

उनले पार्टी–पार्टीहरूको बिचमा विश्वासको ठूलो सङ्कट देखिएको जिकिर गरिन्। उनले मुलुकमा जुनसुकै पार्टीहरूको बीचमा पनि विश्वासको सङ्कट देखिरहेको बताइन् । उनले देशमा भएका ठूला, जिम्मेवार र नयाँ उदय भएका दलहरू राष्ट्रिय एजेन्डामा छलफल गरेर एकता साथ अगाडी बढे राष्ट्रलाई राम्रो बताइन् ।

“आखिर वाम एकता गरे पनि अहिलेसम्म टिकेको छैन । त्यसले गर्दा, म वाम एकता भइहाल्ला भन्ने कुरामा त्यति आश्वस्त पनि छैन । विश्वासको ठुलो सङ्कट छ पार्टी–पार्टीहरूको बिचमा । हामीले जे देखिरहेका छौँ, देशभित्रको स्थिति त्यति पार्टीहरूको बिचमा, जुनसुकै पार्टीहरूको बिचमा पनि विश्वासको सङ्कट छ,” उनले भनिन् ।

उनले आफूले कुनै व्यक्तिगत आकांक्षा नराखेको बताउँदै कुनै गुटगत राजनीति समेत नगरेको बताइन् ।



प्रतिक्रिया दिनुहोस !