६ असार २०८२, शुक्रबार

शासकीय स्वार्थ र अव्यवस्थाका कारण शिक्षा क्षेत्रको अपेक्षाकृत विकास हुन सकेनः प्रधानमन्त्री

प्रकाशित मिति :  10 June, 2025 6:46 pm


काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सिकेको ज्ञान तथा सीपलाई राष्ट्र र समाजको सेवामा इमादारीपूर्वक लगाउन विधार्थीलाई आग्रह गरेका छन् ।

मंगलवार राजर्षि जनक विश्वविद्यालयको प्रथम दिक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो आग्रह गरेका हुन् । उनले प्रथम दीक्षान्त समारोह ऐतिहासिक रहेको उल्लेख गर्दैै गुणस्तरीय शिक्षा प्रदान गर्न सरकार प्रतिवद्ध रहेको समेत बताए ।

उनले शक्ति युगमा विद्धता, ज्ञान र दर्शनको छलफल हुने गरेको उल्लेख गर्दै चार हजार वर्षपछि त्यही ठाउामा आइपुगेको बताए । शासकीय स्वार्थ र अव्यवस्थाको कारणले शिक्षा क्षेत्रको अपेक्षाकृत विकास हुन नसकेको उनको भनाइ छ । 

वास्तविक लोकतन्त्रको अभ्यास गरेर शिक्षा क्षेत्रको विकासलाई अगाडि बढाउनुपर्ने उनकाे भनाइ छ ।



प्रतिक्रिया दिनुहोस !