नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक असार १५ गतेका लागि बोलाइयो
काठमाडौँ । नेपाली कांग्रेसले आगामी असार १५ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार समसामयिक राजनीतिक विषयमा छलफल गर्ने उद्देश्यले बैठक आह्वान गरिएको हो ।
पार्टी मुख्यालय सानेपामा बस्ने बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू तथा आमन्त्रित सदस्यहरूको उपस्थिति आवश्यक रहेको जनाइएको छ ।
मुख्य सचिव पौडेलले जानकारी दिनुहुँदै बैठकमा हालको राजनीतिक परिस्थिति, पार्टीभित्रका संगठनात्मक विषयहरू, आगामी रणनीति तथा विभिन्न मुद्दामा पार्टीको धारणा तय गर्न छलफल हुने बताए ।
पार्टीभित्र आन्तरिक एकता, सरकारप्रतिको भूमिका, संसद्मा लिइनुपर्ने रणनीति लगायतका विषय बैठकको प्रमुख एजेण्डा हुने अनुमान गरिएको छ ।
नेपाली कांग्रेसले पछिल्लो समय सरकारको नीतिगत कमजोरीप्रति आलोचनात्मक भूमिका खेल्दै आएको छ भने संघीयता, गणतन्त्र र लोकतान्त्रिक मूल्यको संरक्षणमा सक्रिय रहने प्रतिबद्धता दोहोर्याउँदै आएको छ । आगामी बैठकले ती विषयहरूमा ठोस निर्णय गर्ने सम्भावना रहेको बताइएको छ ।








