८ जेष्ठ २०८१, मंगलबार

२ सय ७३ जना कोरोना संक्रमित थपिए,असार १५ गतेसम्म दैनिक १० हजार परीक्षण सुरु गर्ने तयारी

प्रकाशित मिति :  13 June, 2020 4:30 pm


काठमाडौं,३१ जेठ ।

पछिल्लो २४ घण्टामा २ सय ७३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न जिल्लामा २ सय ७३ जना संक्रमित थपिएको जानकारी दिए ।

अहिलेसम्म ९ सय १३ जना कोरोना संक्रमण मुक्त भएका छन् । मन्त्रालयले असार १५ गतेसम्म दैनिक परीक्षण बढाउने बताएको छ ।

प्रवक्ता गौतमले असार १५ गतेसम्म दैनिक १० हजार परीक्षण सुरु गर्ने गरि तयारी भएको प्रवक्ता गौतमले जानकारी दिए । मन्त्रालयले पछिल्लो समय भिडभाड र नाराजुलुस चलिरहेको भन्दै चिन्ता व्यक्त गरेको छ ।



प्रतिक्रिया दिनुहोस !