१ श्रावण २०८२, बिहिबार

संसद जबरजस्ती चलाउनु संसदीय व्यवस्थाको लागि धब्बा होः सन्तोष परियार

प्रकाशित मिति :  16 June, 2025 4:48 pm


काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले संसद जबरजस्त चलाउनु संसदीय व्यवस्थाकै लागि एउटा धब्बा भएको बताएका छन् ।

सोमवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले भिजिट भिसाको विषय छानविन हुनुपर्छ भनेर आन्दोलन गर्दा जबरजस्ती संसद सुचारु गर्नु संसदीय व्यवस्थाकै लागि एउटा धब्बा भएको बताएका हुन् ।

उनले यसले कतै न कतै राजनीतिक दलहरूलाई भविष्यमा प्रश्न तेर्साउने जिकिर गरे। सदन चलाउने वातावरण बनाउने काम सरकारको भएको बताए ।

प्रमुख सचेतक परियारले सदन जनताप्रति उत्तरदायी हुन नसकेको आरोप लगाए ।



प्रतिक्रिया दिनुहोस !