२० मंसिर २०८२, शनिबार

असार ६ गतेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने

प्रकाशित मिति :  17 June, 2025 11:49 am


काठमाडौँ । आउँदो असार ६ गते बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने भएको छ। सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रश्नोत्तर हुने कार्यक्रम तय भएको जानकारी गराएका हुन् ।

साथै, बैठकले विनियोजन विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि सर्वसम्मतिले स्वीकृत गरेको छ। उक्त प्रस्ताव उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पेश गरेका थिए ।

सभामुख घिमिरेका अनुसार विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न मन्त्रालय तथा सचिवालयको शीर्षकमाथि छलफल गर्न र सम्बन्धित मन्त्रीहरूले आफ्ना मन्त्रालय तथा सचिवालयसँग सम्बन्धित प्रश्नहरूको उत्तर दिन आगामी असार ५, ६ र ७ गते बैठक तोकिएको छ।

प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल संसद्को वार्षिक कार्यतालिकाअनुसार बजेटको पारित प्रक्रियाको एक महत्वपूर्ण हिस्सा हो। आगामी बैठकहरूमा मन्त्रालयगत प्राथमिकता, कार्यक्रम तथा बजेट खर्चको औचित्यमाथि सांसदहरूले प्रश्न गर्ने र मन्त्रीहरूले जवाफ दिने क्रम चल्नेछ ।



प्रतिक्रिया दिनुहोस !