२० मंसिर २०८२, शनिबार

नेकपा एसका सांसद थापाले संसद बैठकमै च्याते बजेट पुस्तिका

प्रकाशित मिति :  19 June, 2025 2:10 pm


काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद अमरबहादुर थापाले भौतिक मन्त्रालयको बजेट पुस्तिका च्यातेका छन् ।

थापाले आर्थिक वर्ष २०८२/८३ को बजेट पुस्तिका संसद बैठकमै च्यातेका छन् । अहिलेको बजेट उल्टो बाटोबाट हिँडेको भन्दै उनले संसद बैठकभित्रै बजेट पुस्तिका च्यातेका हुन् ।

उनले भने, “जनताबाट उठेको राजस्वबाट बनेको बजेट जनताप्रति उत्तरदायी छैन। यो नेता र मन्त्रीमुखी भयो। म यो किताब सदनभित्रै च्यात्ने अनुमति लिएर च्यात्छु।”



प्रतिक्रिया दिनुहोस !