२० मंसिर २०८२, शनिबार

न्याय पाउनको लागि तीन पुस्तासम्म अदालत धाउने प्रवृत्तिको विकास भयोः सांसद कुँवर

प्रकाशित मिति :  19 June, 2025 5:36 pm


काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी)का सांसद शेरबहादुर कुवँरले सरकारले न्याय निरूपणको प्रक्रियालाई गम्भीरतापूर्वक नलिएको आरोप लगाएका छन् ।

प्रतिनिधि सभाको बिहीवारको बैठकमा विनियोजन विधेयक अन्तर्गत वन तथा वातावरण, कृषि तथा पशुपन्छी विकास र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमाथिको छलफलमा भाग लिँदै सांसद कुवँरले यस्तो आरोप लगाएका हुन् ।

जनताले न्याय पाउनका लागि तीन पुस्तासम्म अदालत धाउने अवस्था उत्पन्न उनको टिप्पणी छ । आमजनताबाट आलोचित विषयवस्तुहरूलाई सरकारले गम्भीर ढंगले हेर्नुपर्नेमा उनको जोड छ । उनले आम्दानीको मूख्य स्रोतमध्ये वन क्षेत्र पनि एक भएको उल्लेख गर्दै त्यसको व्यवस्थापनमा जोड दिन जरुरी रहेको समेत बताए ।



प्रतिक्रिया दिनुहोस !