सिरिजको उपाधि नजिक नेपाल, आज स्कटल्याण्डसँग अन्तिम भिडन्त
काठमाडाैँ । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजको निर्णायक खेलमा आज नेपाल र स्कटल्याण्ड आमनेसामने हुँदै छन् । ग्लासग्लोस्थित मैदानमा नेपाली समयअनुसार साँझ ७:४५ बजे सुरू हुने खेल जित्दै नेपाल सिरिजको उपाधि उचाल्ने लक्ष्यमा छ ।
जारी सिरिजमा तीनै टोलीले तीन–तीन खेल खेलेका छन् । नेपाल दुई जितसहित शीर्ष स्थानमा रहे पनि स्कटल्याण्ड पनि उपाधि दौडमा कायम छ ।
नेपालले सिरिजको पहिलो खेलमा नेदरल्याण्ड्ससँग तेस्रो सुपर ओभरसम्मको रोमाञ्चक भिडन्तमा हार बेहोरेको थियो। तर दोस्रो खेलमा नेपालले स्कटल्याण्डलाई दुई विकेटले र तेस्रो खेलमा नेदरल्याण्ड्सलाई ६ विकेटले हराउँदै शानदार पुनरागमन गर्यो ।
उता स्कटल्याण्डले आफ्नो पहिलो खेलमा नेदरल्याण्ड्सलाई ३९ रनले पराजित गरे पनि त्यसपछि लय गुमायो । नेपालसँग दोस्रो खेलमा पराजित भएको स्कटल्याण्ड तेस्रो खेलमा नेदरल्याण्ड्ससँग १७ रनले पराजित भयो ।
आजको खेलमा उच्च दाबाब र अवसर दुवै
आजको खेल दुबै टिमका लागि निर्णायक मानिएको छ । नेपाल जितेमा सिरिजको उपाधि पक्का हुनेछ । स्कटल्याण्डले भने जित्नैपर्ने अवस्था छ, त्यो पनि ठूलो अन्तरले, यदि रनरेटको समीकरण उल्ट्याउन चाहन्छ भने ।
नेपाली टोलीका कप्तान रुहित पौडेलको नेतृत्वमा टोली उत्कृष्ट लयमा देखिएको छ। बलिङ र ब्याटिङ दुवै विभागमा युवा खेलाडीले आक्रामक प्रदर्शन गरिरहेका छन् ।
नेपाली क्रिकेट समर्थकहरूका लागि आजको खेल विशेष छ । यो खेल नेपालले जितेमा अन्तर्राष्ट्रिय मैदानमा अर्को ऐतिहासिक उपलब्धि थपिनेछ । समर्थकहरू सामाजिक सञ्जालमा उत्साहित देखिन्छन् ।








