१९ मंसिर २०८२, शुक्रबार

देशभर मनसुनी वायुको प्रभाव, देशका अधिकांश भूभागमा आंशिकदेखि भारी वर्षाकाे सम्भावना

प्रकाशित मिति :  23 June, 2025 7:12 am


काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहँदा आज देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले आज बिहान जारी गरेको मौसम बुलेटिनअनुसार देशका पहाडी भूभागका केही स्थान र बाँकी भूभागका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।

उच्च पहाडी र हिमाली क्षेत्रमा समेत हल्का वर्षा र हिमपातको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ । महाशाखाका अनुसार आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा र एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ ।

देशका उच्च पहाडी तथा हिमाली भूभागमा रातिको समयमा समेत हल्का वर्षा र हिमपातको सम्भावना कायम रहेको जनाइएको छ ।

मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन अनुरोध गर्दै नदी किनारका बासिन्दा, पहाडी क्षेत्रमा बसोबास गर्नेहरू तथा यात्रारत नागरिकहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।



प्रतिक्रिया दिनुहोस !