टाउको दुख्यो भनेर पेटको उपचार गरेर हुँदैनः विराजभक्त श्रेष्ठ
प्रकाशित मिति : 23 June, 2025 3:15 pm
काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक पर्याप्त छलफल नै नगरी ल्याइएको भन्दै आपत्ति जनाएका छन् ।
सोमवारको अर्थ समितिको बैठकमा बोल्दै उनले बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक पर्याप्त छलफल नगरी ल्याइएको बताएका हुन् । उनले सबै चिजको उपचार करमा नै थुपार्ने गरेको भन्दै यसले दैनिक उपभोक्तालाई मार परिरहेको जिकिर गरे ।
सुनले नेपालको अर्थतन्त्रलाई चलायमान गरिरहेको बताए । सुनको सम्बन्ध गृहिणीदेखि सांस्कृतिक र धार्मिक रुपमा पनि रहेको बताउनु भयो । टाउको दुख्यो भनेर पेटको उपचार गरेको जस्तो विधेयक आएको उनको टिप्पणी छ । सांसद श्रेष्ठले अनौपचारिक रूमपा भइरहेको कारोबारलाई करको दायरामा ल्याउन जरुरी रहेको बताए ।








