असारभित्रै निमित्तको भरमा चलेका स्थानीय तहहरूमा प्रमुख प्रशासकीय अधिकृत पठाउँछौंः मन्त्री गुप्ता
प्रकाशित मिति : 23 June, 2025 4:26 pm
काठमाडाैँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले असार महिनाभित्रै निमित्तको भरमा चलेका स्थानीय तहहरूमा प्रमुख प्रशासकीय अधिकृत पठाउने बताएका छन् ।
प्रतिनिधि सभामो सोमवारको बैठकमा बोल्दै मन्त्री गुप्ताले अगामी आर्थिक वर्ष शुरु हुन अगाडि नै निमित्तको भरमा चलेका स्थानीय तहको संख्या शुन्यमा झार्ने बताएका हुन् ।
उनले आफूले मन्त्रालय सम्हाल्दा साढे तीन सय पालिका निमित्तको भरमा चलेकोमा हाल देशभर १८५ पालिकामा मात्र निमित्त प्रमुख प्रशासकीय अधिकृत रहेका उल्लेख गरे । उनले मुुलुकको आर्थिक अवस्थालाई मध्यनजर गर्दै कर्मचारीको तलब वृद्धि गर्न नसकिएको समेत स्पष्ट पारे ।
स्थानीय तहमा हुने गरेको प्रमुख प्रशासकीय अधिकृतको समस्याको दीर्घकालीन समाधान गर्न आफू प्रतिवद्ध रहेको मन्त्री गुप्ताले बताए ।








