२० मंसिर २०८२, शनिबार

रास्वपाले अराजकतालाई मलजल गर्ने गरी काम गरिरहेको छः सांसद गैरे

प्रकाशित मिति :  24 June, 2025 1:01 pm


काठमाडाैँ । नेकपा एमाले सांसद ठाकुरप्रसाद गैरेले राष्ट्रिय स्वतन्त्र पार्टीले अराजकतालाई मलजल गर्नेगरी असंसदीय काम गरेको बताएका छन् ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले भिजिट भिसा प्रकरणले सिंगो नेपाल र नेपाली जनताको, सिंगो संसदको र सम्पूर्ण न्यायप्रेमीहरुको गम्भीर ध्यानाकर्षण भएको बताए।

भिजिट भिसा प्रकरणका दोषीहरु उम्किन नहुने र निर्दोष लाञ्छित हुन नहुने बताए । संसद बहिष्कार गरेर गएकाहरुले अख्तियार र सरकारले बनाएको उच्चस्तरीय छानविन समितिको बारेमा बुझ्न नसकेको जिकिर गरे।

देशमा निराशा फैल्याउने प्रवृत्तिलाई मलजल गर्ने गरी रास्वपाले काम गरिरहेको बताए । उनले संसदीय गतिविधिलाई मलजल गर्नेगरी रास्वपाले काम गरेको आरोप लगाए ।



प्रतिक्रिया दिनुहोस !