काँग्रेस केन्द्रिय कार्य सम्पादन समितिको बैठक सुरू
प्रकाशित मिति : 30 June, 2025 3:46 pm
काठमाडाैँ । सत्तारुढ दल नेपाली काँग्रेसको केन्द्रिय कार्य सम्पादन समितिको बैठक सुरू भएको छ ।
सोमवार दिउँसोबाट पार्टी केन्द्रिय कार्यालय सानेपामा बैठक सुरू भएको हो ।
बैठकमा सरकार र बजेटबारे समीक्षा हुनेछ । सय दिने अभियानको कार्यपत्र पेश हुनेछ । भ्रातृसंस्थाको तदर्थ समितिको एजेण्डाबारे पनि छलफल हुनेछ । क्रियाशिल सदस्यहरूको नविकरणबारे पनि छलफल हुने बताइएको छ ।








