२६ असार २०८२, बिहिबार

पूर्वराष्ट्रपति भण्डारी पार्टीमा अध्यक्ष ओलीकै निर्देशन र सहमतिअनुसार अघि बढ्नुहुन्छः सचिव महासेठ

प्रकाशित मिति :  6 July, 2025 1:02 pm


काठमाडाैँ । नेकपा एमाले सचिव रघुवीर महासेठले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशन र सहमतिअनुसार नै पार्टीमा अघि बढ्ने बताएका छन् ।

आइतवार जनकपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेकपा एमालेको आन्तरिक जीवनको बारेमा धेरै प्रश्न गरिएको भन्दै पार्टी अध्यक्ष ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीमा अन्तरविरोध बढिरहेको भ्रम फिँजाउन खोजिए पनि सत्य नरहेको बताएका हुन् ।

कार्यकर्ताहरू कित्ताकाट भएका छन् भन्नेकुरा भ्रम मात्रै भएको बताए । भण्डारी सक्रिय राजनीतिमा आउँदा पनि अध्यक्ष ओलीकै सहमति र प्रश्तावमा आउने दाबी गरे। संविधानले पूर्वराष्ट्रपतिहरू सक्रिय राजनीतिमा आउनु हुँदैन नभनेको र पार्टीको विधानले पनि कुनै बन्देज नगरेको बताए ।

भण्डारी सक्रिय राजनीतिमा आउनेबारे सचिवालयमा पनि छलफल भएको र संविधानले बन्देज नलगाएको कुरामा पार्टीले सकारात्मक रूपमा नै लिएको बताए ।

पार्टीको सदस्यता नविकरण गरेर भण्डारीले पार्टीमा कुनै अन्तरविरोध सिर्जना नगर्नुभएको बरु केही पार्टीकै नेताहरूले अन्तरविरोध सिर्जना गर्ने काम गरेको बताए ।

सचिव महासेठले आफू कुनै कित्तामा नभइ पार्टीको कित्तामा रहेको बताए। एमालेभित्र अन्तरविरोध बढाउने काम नगर्न पनि सचेत गराए ।



प्रतिक्रिया दिनुहोस !