२० मंसिर २०८२, शनिबार

केन्द्रीय सुरक्षा समिति र विपद् प्राधिकरणको आकस्मिक बैठक बस्दै

प्रकाशित मिति :  8 July, 2025 12:39 pm


काठमाडौं । सरकारले केन्द्रीय सुरक्षा समिति र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको आकस्मिक बैठक बोलाइएको हो ।

मंगलबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढी ठुलो जनधनको क्षति गरेपछि सरकारले आकस्मिक बैठक बोलाएको हो । बैठक दिउँसो १ बजे गृहमन्त्रालयमा बस्ने प्राधिकरण स्रोतले जनाएको छ ।

चीनको क्षेत्रमा परेको अविरल वर्षाका कारण रसुवागढीमा भारी मात्रामा आएको बाढीका कारणले तीन जना प्रहरीसहित १८ जना वेपत्ता भएका छन् भने त्रिशुली करिडोरमा रहेका जलविद्युत आयोजनामा ठुलो क्षति पुगेको छ ।



प्रतिक्रिया दिनुहोस !