५ जेष्ठ २०८१, शनिबार

इनरुवा बजारमा आगलागी १० करोडभन्दा बढीको क्षति

प्रकाशित मिति :  14 June, 2020 4:33 pm


सुनसरी, ३२ जेठ ।  

सुनसरीको सदरमुकाम इनरुवा बजारमा आगलागी भएको छ। इनरुवा–१ स्थित बीचबजारमा रहेको हनुमान वस्त्रालयबाट विद्युत् चुहिएर आज दिउँसो  आगलागी भएको हो ।

आगोलागीमा परी, जय सन्तोषी हाडर्वेयर, यशोदा ट्रेडर्स, हनुमान वस्त्रालय, कपिल टेलर्स र सिर्जना फाइनान्सका भवन जलेर नष्ट भएको उद्योग वाणिज्य सङ्घ इनरुवाका अध्यक्ष वीरेन्द्रकुमार साहले बताए।

आगलागीलाई सुरक्षा निकाय, स्थानीय, इटहरी, धरान, विराटनगर, सुन्दरहरैचा, सप्तरी, बराहक्षेत्र र दुहबीबाट आएको वारुणयन्त्रले नियन्त्रणमा लिएको छ। आगलागीबाट करिब १० करोडभन्दा बढीको क्षति हुनसक्ने स्थानीय व्यापारीले जानकारी  दिएका छन् ।



प्रतिक्रिया दिनुहोस !