२० मंसिर २०८२, शनिबार

सरकारमा आएपछि राजनीति नगरौँ, तोकिएको समयमै राष्ट्रिय खेलकुद हुन्छः प्रधानमन्त्री

प्रकाशित मिति :  10 July, 2025 6:15 pm


काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीति गर्नका लागि सरकारमा आउनु नहुने बताएका छन् । बिहीवार ललितपुरमा नेशनल हाइ पर्फमेन्स सेन्टर एण्ड स्पोर्ट्स साइन्स ल्यावको उद्घाटन गर्दै उनले सरकारमा राजनीतिक दलहरू नै आउने तर राजनीति गर्नका लागि आउन नहुने बताएका हुन् ।

सरकारमा आएपछि राजनीति नभइ शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि, पर्यटन लगायतका आवश्यक प्राथमिकताका क्षेत्रहरू छुट्याएर त्यसमै केन्द्रित भइ काम गर्न जरुरी रहेको बताए ।

“सरकारमा पोल्टिकल पार्टी नै आउने हो । पोल्टिकल पार्टीहरू सरकारमा आएर सरकारमा आएपछि राजनीति गर्ने होइन । सरकारमा आएपछि जुन क्षेत्रमा काम छ त्यो क्षेत्रको काम गर्ने हो । कृषिमा काम गर्नुछ भने राजनीति होइन कृषिको विकास गर्नुपर्छ,” उनले भने ।

प्रधानमन्त्री ओलीले खेलप्रति बजेटबाट माया देखाएको बताए । राष्ट्रिय खेलकुदको समय अब पनि सार्नु भनेको लज्जाको विषय हुने बताए। अब तोकिएको समय (मंसिर) मा राष्ट्रिय खेलकुदको आयोजना हुने बताए । एनपिएलको तयारी गर्न पनि निर्देशन दिए । 



प्रतिक्रिया दिनुहोस !