२० मंसिर २०८२, शनिबार

नवराज सुवेदीको प्रतिक्रियाः अध्यक्ष लिङदेनको स्वेच्छाचारिता रोक्न निर्वाचन आयोग गुहारेँ

प्रकाशित मिति :  13 July, 2025 1:24 pm


काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अनुशासन समितिबाट हटाइएपछि वरिष्ठ नेता नवराज सुवेदीले निर्वाचन आयोगमा उजुरी दिएका छन् ।

अध्यक्ष राजेन्द्र लिङदेनले असार २५ गते नेता सुवेदी पार्टी सदस्य नरहेको निष्कर्ष निकाल्दै अनुशासन समिति अध्यक्षबाट हटाएर रोशन कार्कीलाई अध्यक्ष पदमा मनोनित गरेका थिए ।

सोही निर्णयका विरुद्ध पार्टीका पूर्वअध्यक्ष प्रकाशचन्द्र लोहनी र महामन्त्रीद्वय धवल समशेर जबरा र कुन्ती शाहीसहित आइतवार उनी निर्वाचन आयोग पुगेका हुन् । आयोगमा उजुरी दिएपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेता सुवेदीले पार्टीको निर्णयबिना अध्यक्षको स्वेच्छाचारिताले आफूलाई अनुशासन समितिबाट हटाएको कारण उजुरी दिन पुगेको प्रतिक्रिया दिए ।

उनले अध्यक्ष लिङदेनले प्राकृतिक न्यायको विरुद्धमा निर्णय गरेको पनि आरोप लगाए । उनले पार्टीभित्र भइरहेको षड्यन्त्र नहोस् र निष्पक्ष न्यायका लागि आयोगमा उजुरी दिएको दोहो¥याउँदै उहाँले थप प्रतिक्रिया पछि दिने बताए । 

उनले राजसंस्था पुनःस्थापनको आफूहरुको आन्दोलन जारी रहेको पनि दाबी गरे । पार्टीभित्र कुनै गुट नहुन् भन्ने पक्षमा आफू रहेको पनि उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस !