२० मंसिर २०८२, शनिबार

सुशासन कायम गर्न नसक्दा जनतामा निराशा र वितृष्णा बढ्योः एमाले सांसद गिरी

प्रकाशित मिति :  15 July, 2025 2:42 pm


काठमाडाैँ । नेकपा (एमाले) का सांसद पदम गिरीले मुलुकमा सुशासन कायम गर्न नसक्दा जनतामा निराशा र वितृष्णा बढेको बताएका छन् ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै गिरीले देशमा लोकतन्त्र, गणतन्त्र र संघीयता ल्याएपछि सुशासनको पक्षमा राजनीतिक दलहरूले अपेक्षित काम गर्न नसकेको बताएका हुन्।

उनले राजनीतिक दलहरुले मुलुकमा सुशासन कायम गर्ने सवालमा अपेक्षित उपलब्धि हासिल गर्न नसकेको भन्दै सिंगो संसदले समिक्षा गर्नुपर्ने बेला भएको बताए । उनले सशुासन कायम गर्न नसकेकै कारण मुलुकमा भएका परिवर्तनहरूलाई जनताले चुनौति दिन थालेकोतर्फ सचेत गराए ।

जनतामा बढ्दो असन्तोष र आक्रोशलाई सम्बोधन गर्न समग्र प्रणालीको पुनरावलोकन जरुरी रहेको सांसद गिरीको भनाइ छ । 



प्रतिक्रिया दिनुहोस !