२० मंसिर २०८२, शनिबार

विधान महाधिवेशनमा मेरो भुमिका केन्द्रिय कमिटीले गरेको निर्णयमा भर पर्छः एमाले नेतृ भण्डारी

प्रकाशित मिति :  15 July, 2025 5:05 pm


काठमाडाैँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विधान महाधिवेशनमा आफ्नो उपस्थिति पार्टीको केन्द्रिय कमिटीले गरेको निर्णयका आधारमा हुने बताएकी छन् ।

मदन भण्डारी फाउण्डेशनले आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले यस्तो बताएकी हुन् । पार्टीको विधान महाविधेशन नजिकिरहेको बारेमा कसरी सहभागिता जनाउनुहुन्छ ? भन्ने सञ्चारकर्मीको प्रश्नमा पूर्वराष्ट्रपति एवं एमाले नेतृ भण्डारीले केन्द्रिय कमिटीको निर्णयमा भर पर्ने बताइन् । प्रतिनिधिको रूपमा वा आमन्त्रित सदस्यको रुपमा कसरी बोलाउँछ केन्द्रिय कमिटीले भन्नेकुरामा निर्भर रहने उनको भनाइ छ ।

“मेरो उपस्थिति उहाँहरूले कसरी गराउनु हुन्छ ? त्यो केन्द्रिय कमिटीमै भर पर्ने कुरा हो । विधान महाधिवेशनको सन्दर्भमा उहाँहरुले मलाई प्रतिनिधिको रुपमा वा आमन्त्रित सदस्यको रुपमा कसरी गराउनुहुन्छ, त्यो हो । यसमा यही गर्नुपर्छ भन्ने छैन । तर समग्रतामा देशभित्र पार्टीले जसरी जुन जनताको तहमा काम गरिरहेको छ, त्यो तहको प्रतिनिधित्व बढाउने तहमा केन्द्रिय कमिटीले छलफल गरेर एउटा धारणा बनाउनेछ,” उनले भनिन् ।

पूर्वराष्ट्रपति एमालेबाट अब पुनः सक्रिय भएर देशको सेवा गर्ने अठोट लिएको बताइन् । आफू पार्टीभित्रको कुन संरचनामा के भुमिका हुने भन्नेकुरा पार्टीको केन्द्रिय कमिटीको निर्णयअनुसार भर पर्ने बताइन्



प्रतिक्रिया दिनुहोस !