२० मंसिर २०८२, शनिबार

काठमाडौँ महानगरपालिकाले कवाड व्यवसायमाथि गैरकानूनी धरपकड गरेको भन्दै सांसद यादवको आपत्ति

प्रकाशित मिति :  15 July, 2025 5:07 pm


काठमाडाैँ । जनता समाजवादी पार्टी, नेपालकी सांसद रेखा यादवले काठमाडौँ महानगरपालिकाले कवाड व्यवसायमाथि गैरकानूनी धरपकड गरेको भन्दै आपत्ति जनाएकी छन् ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै सांसद यादवले आपत्ति जनाएकी हुन् ।  अदालतको आदेश विपरीत र कायरतापूर्ण ढंगले व्यवसायीमाथि कारबाही गरिएको भन्दै उक्त कार्य तत्काल रोक्न चेतावनी समेत दिइन्।

उनकाअनुसार रौतहटको राजदेवी नगरपालिकाका स्थायी बासिन्दा तथा हाल काठमाडौँ महानगरपालिका–४ मा कवाडी व्यवसाय गर्दै आएका राजाराम शाहको पसलमा महानगरले डोजर लगाएर तोडफोड गरेको छ ।

उनले कदमलाई गैरकानूनी रूपमा कवाड व्यवसायीमाथि कारबाही गरिरहेको भन्दै दोषीमाथि कारबाही गर्न सरकारसमक्ष माग गरिन् । उनले किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउन कृषि मन्त्रीको समेत ध्यानाकर्षण गराइन् ।



प्रतिक्रिया दिनुहोस !