२० मंसिर २०८२, शनिबार

संसद विघटन गर्दा मलाई कुनै दबाब थिएन, सरकारको निर्णय कार्यान्वयन गरेकी हुँः पूर्वराष्ट्रपति भण्डारी

प्रकाशित मिति :  15 July, 2025 5:11 pm


काठमाडाैँ । पूर्वराष्ट्रपति एवं एमाले नेतृ विद्यादेवी भण्डारीले तत्कालीन समयमा संसद विघटन गर्दा आफूलाई कुनै दबाब नरहेको बताएकी छन् ।

मदन भण्डारी फाउण्डेशनले काठमाडौँमा मंगलवार गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुको जिज्ञासा सम्बोधन गर्ने क्रममा उनले यस्ताे बताएकी हुन्। उनले आफूले मन्त्रीपरिषद्ले निर्णय गरेको कुरालाई कार्यान्वयन गरेको र कुनै दबाब नरहेको स्पष्ट पारिन् ।

देशलाई के गर्दा निकास मिल्छ, कस्तो काम कुन बेलामा गर्ने भन्नेकुरा छलफलको विषय हुनसक्ने बताइन् । आफूले संवैधानिक विधि व्यवस्थाअनुसार मन्त्रीपरिषद्बाट आएको निर्णय कार्यान्वयन गरेको बताइन् । 

२०७८ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई पटक संसद विघटन गरेकी थिइन् । फाउण्डेशनले मदन भण्डारीको ७५ औं जन्मजयन्तीको मूल समारोह समितिको संयोजकमा डोरमणि पौडेललाई तोकेको छ । समितिमा ७५ जना सदस्य रहने पनि बताएको छ ।



प्रतिक्रिया दिनुहोस !