२० मंसिर २०८२, शनिबार

गल्ती गर्नेलाई आँखा चिम्लिनुपर्छ भन्नेमा सरकार छैनः मन्त्री गुरुङ

प्रकाशित मिति :  16 July, 2025 1:56 pm


काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गल्ती गर्नेलाई आँखा चिम्लिनुपर्छ भन्ने मनस्थितिमा सरकार नरहेको बताएका छन् ।

बुधवार सिंहदरबारमा सञ्चारकर्मीको प्रश्नमा उनले यस्ताे बताएका हुन् । निःवर्तमान संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको अडियो प्रकरणबारे प्रश्नको जवाफ दिने क्रममा उनले मन्त्रीले नैतिकताको आधारमा राजीनामा दिइसक्नुभएको र नयाँ मन्त्री पनि आइसक्नुभएको बताए ।

उनले अब सरकारले अनुसन्धानको प्रक्रिया अघि बढाउने र दोषी देखिए कारबाही हुने बतए । तथ्य र सत्यमा आधारित भएर सरकार अघि बढ्ने पनि स्पष्ट पारे । मन्त्री गुरुङले गल्ती गर्ने जो कोही भएपनि कारबाही हुने बताए ।



प्रतिक्रिया दिनुहोस !