२० मंसिर २०८२, शनिबार

सम्पूर्ण वामपन्थीहरूलाई एकतावद्ध गर्नु आजको आवश्यकता छः झलनाथ खनाल

प्रकाशित मिति :  18 July, 2025 4:37 pm


काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेपाल राष्ट्रिय एकता अभियानसँगको एकतालाई कम्युनिष्ट आन्दोलनको एकताका रूपमा अघि बढाउनुपर्ने बताएका छन् ।

नेपाल राष्ट्रिय एकता अभियान र नेकपा (एकीकृत समाजवादी) बिचको एकता कार्यक्रमलाई सम्बोधन गर्दै उनले एकताको निम्ति सही नीति, सिद्धान्त र कार्यदिशा आवश्यक पर्ने बताएका हुन् ।

नीति बिनाको एकताको औचित्य नरहने जिकिर गरे। साझा धारणा बनाएर सम्पूर्ण वामपन्थीहरुलाई एकतावद्ध गर्नु आजको आवश्यकता भएको बताए । नेपाल आज समाजवादी क्रान्तिको रुपान्तरणको युगमा रहेको र होशियारीपूर्वक अघि बढ्नुपर्ने खाँचो रहेको बताए ।

सम्मानित नेता खनालले कम्युनिष्ट आन्दोलनलाई वैचारिक, राजनीतिक, सैद्धान्तिक, संगठनात्मक रुपमा रुपान्तरण गर्नुपर्ने आवश्यकता रहेको बताए ।



प्रतिक्रिया दिनुहोस !