२० मंसिर २०८२, शनिबार

मोहन वैद्यलाई भेटेपछि दाहालले भनेः स्वास्थ्य अवस्थामा क्रमशः सुधार हुँदै गएको देख्दा खुशी लाग्यो

प्रकाशित मिति :  20 July, 2025 12:30 pm


काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्यसँग भेट गरेका छन्।

अध्यक्ष दाहाल आइतबार बैद्यको निवासमै पुगेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्। सो भेटका बारेमा सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै दाहालले बैद्यको स्वास्थ्यमा क्रमशः सुधार हुँदै गएको देख्दा आफू खुशी भएको उल्लेख गरेका छन्।

“आज कमरेड मोहन बैद्य ‘किरण’ जीसँग भेट्न उहाँकै निवासमा गएँ। स्वास्थ्य अवस्थामा क्रमशः सुधार हुँदै गएको देख्दा खुशी लाग्यो,” दाहालले लेखेका छन्। वैद्य पछिल्लो समय दम र निमोनियाका कारण अस्वस्थ रहँदै आएका थिए । दाहालले बैद्यको पूर्ण स्वास्थ्यलाभको कामनासमेत गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !