१९ मंसिर २०८२, शुक्रबार

पार्टी पदाधिकारी हेरफेरको विवरण अद्यावधिक गर्न विलम्व गरेको भन्दै निर्वाचन आयोग पुग्यो रास्वपा

प्रकाशित मिति :  20 July, 2025 1:56 pm


काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी पदाधिकारी हेरफेरको विवरण अद्यावधिक गर्न विलम्व गरेको बारेमा निर्वाचन आयोगमा गएर जानकारी लिएको छ ।

आइतवार पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीसहित पार्टीको कानून विभागका सदस्यहरूले आयोगमा पुगेर यसबारे चासो राखेका हुन् । निर्वाचन आयोगका कार्यकारी प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसँगको छलफलपछि आयोगले आफूहरूले अद्यावधिक गरिरहेको जानकारी दिएको महामन्त्री बुर्लाकोटीले बताए ।

उनले पार्टीको पदाधिकारी हेरफेरको विवरण अद्यावधिक गर्न विलम्व गरेको अवस्थाबारे आफूहरूले आयोगलाई झक्झक्याएको बताए । आयोगले पार्टीले दिनुपर्ने कागजातहरू सबै पुगेको जानकारी गराएको पनि बताए । पार्टीले २०८१ असार १७ गतेदेखि विवरण बुझाएको र विवरण हेरफेर भएका कुरा पटक पटक बुझाएपनि अद्यावधिक नगरिएको आरोप उनको छ । 

अद्यावधिकको क्रममा द्रुत गतिमा अघि बढ्नुपर्ने माग आफूहरूले राखेको बताए ।



प्रतिक्रिया दिनुहोस !