१९ मंसिर २०८२, शुक्रबार

अन्याय भएको उजुरी लिएर निर्वाचन आयोग पुगे राप्रपा नेता गिरी

प्रकाशित मिति :  20 July, 2025 2:10 pm


काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले बर्खास्ती गर्नुभएका पार्टी उपाध्यक्ष मुकुन्दश्याम गिरी आफूमाथि अन्याय भएको उजुरी लिएर निर्वाचन आयोगमा पुगेका छन् ।

आइतवार उनीसहित केही नेताहरु लिएर उपाध्यक्ष गिरी निर्वाचन आयोगमा उजुरी दर्ता गराउन पुगेका हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टी विद्यमान संविधानअनुसार निर्वाचन आयोगमा दर्ता भएको राजनीतिक दल भएको र पार्टीको विधानअनुसार पार्टीलाई सञ्चालन गर्नुपर्ने ठाउँमा पार्टीको विधान विपरित पार्टीका पदाधिकारी तथा सदस्यहरूलाई क्रमशः निलम्वन गर्ने वा पदमुक्त गर्ने प्रक्रिया गलत भएको बताए ।

उनले आफ्नो राजनीतिक जीवन र जीवनभरको पार्टीप्रतिको लगानीलाई धुमिल पार्ने काम भएकाले आफू निर्वाचन आयोगमा आउनुपरेको स्पष्ट पारे। पार्टीमा एकता कायम गर्ने जिम्मेवारी अध्यक्षको भएको र अध्यक्षबाटै पार्टीको विधान विपरित निर्णय हुँदै जानुले पार्टीको उद्देश्य प्राप्त गर्न नसकिने बताए ।

बर्खास्त उपाध्यक्ष गिरीले पार्टी सञ्चालनका क्रममा देखिएका समस्या समाधान नगरी एकता हुन नसक्ने र एकता नभइ उद्देश्य प्राप्ति हुन नसक्ने बताए ।



प्रतिक्रिया दिनुहोस !