२० मंसिर २०८२, शनिबार

अध्यक्ष ओली र नेतृ भण्डारीबिच च्यासलमा भेटवार्ता

प्रकाशित मिति :  20 July, 2025 5:07 pm


काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्न पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी च्यासल पुगेका छन् ।

एमाले पार्टी कार्यालय च्यासलमा दुई नेताहरूबिच भेटवार्ता जारी छ । भेटमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

एमालेको पार्टी सदस्यता नविकरण गरेर सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी भण्डारीबारे एमाले पोलिटब्युरो बैठकले पार्टी सदस्यता नविकरण पेण्डिङमा रहेको र अहिले नै अध्यक्ष बनाएर जानसक्ने स्थिति नरहेको निष्कर्ष निकालेको थियो ।

बैठक विधान महाधिवेशन केन्द्रित भनिएपनि धेरै नेताहरूले भण्डारीको राजनीतिक सक्रियताबारे धारणा राखेका थिए । देशको गौरवको रुपमा रही सकेको व्यक्ति पुनः राजनीतिमा फर्किनुले व्यवस्थामाथि नै प्रश्न उठ्ने धारणासमेत नेताहरूले बैठकमा राखेका थिए । सोही विषय र पछिल्ला राजनीतिक समसामयिक विषयहरूमा दुई नेताबिच छलफल हुने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस !