एमाले उपाध्यक्ष पाण्डेको दाबीः दुई वर्ष पहिल्यै भण्डारीको पार्टी सदस्यता नविकरण
काठमाडाैँ । नेकपा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नविकरणदुई वर्ष पहिला नै भइसकेको बताएका छन् ।
आइतवार पार्टी केन्द्रिय कायालय च्यासलमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र भण्डारीबिचको भेटवार्ताका क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले एक वर्ष पहिलाको सचिवालय बैठकमा पार्टी महासचिव शंकर पोखरेलले सदस्यता नविकरण भइसकेको बताएको पनि बताएका हुन् ।
पोलिटब्युरो बैठकमा अध्यक्ष ओलीले यसबारे आफूले छुट्टै भेट गरेर छलफलपछि निष्कर्ष निकाल्ने बताउनुभएको जानकारी दिए ।
“अध्यक्षले बैठकको अन्त्यमा यसको बारेमा उहाँसहित बसेर हामी टुंगो गर्छौं भन्नुभएको हो । यो बैठकको विषय होइन भनेर भन्नुभएको थियो । उहाँको सदस्यता, उहाँको पार्टीमा आउने कुरा, राजनीतिक बारेमा म बसेर छलफल गर्छु भन्नुभएको हो । दुई वर्षअघि नै नविकरण गरेँ भन्नुभएको छ,” उनले भने ।
उपाध्यक्ष पाण्डेले पार्टी सदस्यता नविकरण पहिला नै भएको विषय रहेको बताए ।








