आफूनिकट संघ र प्रदेशका मन्त्रीलाई फिर्ता बोलाउने पक्षमा शेखर पक्ष, अर्को बैठकबाट निष्कर्ष निकालिने
काठमाडाैँ । नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माले शेखर कोइरालाको पक्षमा काँग्रेसमा ६० प्रतिशत सांसदहरू रहेको दाबी गरेका छन् ।
पार्टीका सांसद एवं कोइराला पक्षधर नेताहरुसँगको भेटपछि आइतवार काठमाडौँमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले बैठकमा केन्द्र सरकार र प्रदेश सरकारमा रहेका आफू निकट मन्त्रीहरूलाई फिर्ता बोलाउने बारेमा पनि छलफल भएको बताए ।
उनले यसको निष्कर्ष भने निस्कि नसकेको र अर्को चरणको बैठक बसेर यसबारेमा निर्णय गर्ने सहमति भएको बताए। उनले संसदीय दलको नेतामा भिड्न सांसद कोइरालाले चाहने हो भने ६० प्रतिशत पुग्ने दाबी गरे ।
सांसद शर्माले यस वर्ष आफूले कसैलाई घुस नखुवाई कम्पनी रेन्यु गरेको बताए । वर्तमान सरकारले सुशासन दिन नसकेको, भ्रष्टाचार नियन्त्रण गर्न नसकेको धारणा नेता कोईरालाले राख्दै आएका छन् । प्रमुख प्रतिपक्ष दल नेकपा –माओवादी केन्द्र) र सत्ता सहयात्री नेकपा एमालेकी नेतृ एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेसँगै सरकार परिवर्तनको चर्चा चुलिएको छ ।








