१९ मंसिर २०८२, शुक्रबार

शेखर काेइरालालाई पार्टी फुटाएर प्रधानमन्त्री बन्ने चाहना छैनः सांसद बजगाईं

प्रकाशित मिति :  20 July, 2025 6:00 pm


नेपाली काँग्रेस सांसद राजेन्द्र बजगाईंले डा. शेखर कोईरालालाई पार्टी फुटाएर प्रधानमन्त्री बन्ने चाहना नरहेको बताएका छन् ।पार्टीका सांसद एवं कोईराला पक्षधर नेताहरुसँगको भेटपछि आइतवार काठमाडौँमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले बैठकमा समसामयिक राजनीतिका अवस्थाबारे छलफल भएको बताएका हुन् ।

बैठकमा नेता कोइरालाले आफूले प्रमुख प्रतिपक्ष दलका नेता र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्नुको कारणबारे ब्रिफिङ गरेका बताए । सरकारले सुशासन कायम गर्न नसकेको, भिजिट भिसा लगायतका प्रकरणमा आफ्नो फरक राय रहेको र त्यही कुरा प्रमुख प्रतिपक्षी दलका नेता र एमाले नेतृ भण्डारीसँग राखेको बताएको डा. कोईरालाको भनाइ उद्धृत गर्दै सांसद बजगाईंले जानकारी दिए । 

राष्ट्रिय दलको कुनै नेताले अन्य दलका नेताहरूसँग कुरा गर्नुलाई सामान्य रुपमा लिनुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !