१९ मंसिर २०८२, शुक्रबार

विपीलाई बुझेको भए नेपालको राजसंस्था नागार्जुनको जंगलमा पुग्ने थिएनः विश्वप्रकाश शर्मा

प्रकाशित मिति :  22 July, 2025 10:43 am


काठमाडाैँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विपी कोइरालालाई बुझ्न नसकेका कारण नेपालको राजसंस्था अहिले नागार्जुनको जंगलमा थन्किएको टिप्प्णी गरेका छन् ।

४३ औँ विपी कोईराला स्मृति दिवसको अवसरमा मंगलवार विपी स्मृति अस्पताल, बसुन्धरामा आयोजित ‘देश विकास र देशवासीको उन्नतिको आधारः विपी विचार’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै महामन्त्री शर्माले सो कुरा बताएका हुन्।

उनले ‘राजा र मेरो गर्धन जोडिएको छ’ भन्ने विपीको विचारलाई राजसंस्थाले अपव्याख्या गरेको बताए । त्यसको परिणाम नेपालमा राजसंस्थाको समेत अन्त भएको उनकाे दाबी थियो । उनले विपी कोईरालालाई बुझ्ने सवालमा नेपालमा धेरै ने कमजोरी भएको उल्लेख गरे । 

नेपाली काँग्रेसले पनि विपीलाई उचित ढंगले बुझ्न नसकेको र नेपालका कम्युनिष्ट पार्टी र राजसंस्थाबाट पनि विपीलाई बुझ्ने सवालमा कमजोरी रहेको उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस !