१९ मंसिर २०८२, शुक्रबार

देशको राजनीति विपीले अपनाउनुभएको नीतिको जगमा उभिएको छः देउवा

प्रकाशित मिति :  22 July, 2025 11:11 am


काठमाडाैँ । नेपाली काँग्रेसका सभापति शेरबहबादुर देउवाले देशको अहिलेको राजनीति विपी कोइरालाले अपनाएको राजनीतिको जगमा उभिएको बताएका छन् ।

मंंगलवार ४३ औँ विपी कोईराला स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा सभापति देउवाले विपी कोईरालाको संघर्ष र मूल्य मान्यताले देश र काँग्रेसलाई आजको स्थितिमा ल्याएको बताएका हुन् ।

पूर्वप्रधानमन्त्री देउवाले देशमा मुद्दा लगाइएको अवस्थामा भारत निर्वासनमा बसेर संघर्ष गरिरहनुभएका विपी राष्ट्रियता कमजोर भयो भनेर स्वेदश फर्कनु चानचुने कुरा नभएको उल्लेख गरे । देउवाले आफूहरू राजनीतिका कठीन दिन भोगेर र संसर्घ गरेर अहिलेको अवस्थामा आएको उल्लेख गर्दै अहिलेको उपलब्धि जोगाउन काँग्रेस बलियो बन्नुपर्ने धारणा राखे । बलियो काँग्रेस र राष्ट्रिय शक्तिहरूबिचको मेलमिलापले राष्ट्र समृद्ध हुने उनको भनाइ थियो । 

राजनीतिक स्वार्थभन्दा राष्ट्रिय एकता मुलुकको लागि, सामाजिक सद्भावका धेरै ठूलो कुरा भएको विपीको भनाइ उद्धृत गर्दै देउवाले यसबाट हामी सबैले शिक्षा लिनुपर्ने बताए । कोइराला राजनीतिज्ञ मात्रै नभइ साहित्यको क्षेत्रमा समेत चम्किलो तारा भएको बताए । उनले प्र्रजातान्त्रिक समाजवादको चिन्तक रहेका विपी कोईरालाको राजनीतिक र साहित्यिक चिन्तन मात्र नभइ आधुनिक नेपालका समेत निर्माता भएको बताए ।



प्रतिक्रिया दिनुहोस !