१९ मंसिर २०८२, शुक्रबार

प्रधानमन्त्रीले भ्रष्टाचारीको गाला मुसारेर मन्त्रिपरिषद्मा राख्नुहुन्छः सांसद आलेमगर

प्रकाशित मिति :  22 July, 2025 2:18 pm


काठमाडाैँ । नेकपा (माओवादी केन्द्र)का सांसद सुरेशकुमार आले मगरले प्रधानमन्त्रीको संरक्षणमा भ्रष्टाचार मौलाइरहेको आरोप लगाएका छन् ।

राष्ट्रिय सभाको मंगलवारको बैठकमा बोल्दै सांसद आलेमगरले भ्रष्टाचारमा संलग्न मन्त्रीहरुलाई सत्तारुढ दलहरू र प्रधानमन्त्री स्वंयले संरक्षण गरिरहेको आरोप पनि लगाएका हुन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भ्रष्टाचार विरोधी साइनबोर्डहरू उखेलेर फाल्न समेत आग्रह गरे । प्रधानमन्त्रीले भ्रष्टाचारीमो मुख हेर्ने मात्र नभई मायाले गाला मुसारेर मपन्त्रपरिषद्मा राखेको टिप्पणी पनि गरे । 

“अध्यक्ष महोदय म भ्रष्टाचार गर्दिन, गर्न पनि दिन्नँ, भ्रष्टाचारीको मुख पनि हेर्दिन भन्ने साइनबोर्डहरु निकालेर फालिदिए हुन्छ जस्तो लाग्छ । किनभने जताततै भ्रष्टाचार मात्र देखिन्छ । भ्रष्टाचार गर्ने एकजना मन्त्रीलाई सम्मननीय प्रधानमन्त्रीज्यूले मुख मात्र हेर्ने होइन कि  मायाले गाला मुसारेर मन्त्रिपरिषद् बैठकमा पनि राख्नुहुन्छ । र थेग्न नसक्नेपछि निलम्वन गर्नुहुन्छ,” उनले भने ।

उनले भ्रष्टाचारमा संलग्न पाइपलाइनमा रहेका मन्त्रीको लाइफलाइन छ कि छैन ? भन्दै प्रश्न गरे ।



प्रतिक्रिया दिनुहोस !