१९ मंसिर २०८२, शुक्रबार

काँग्रेस–एमाले गठबन्धनले राजनीतिक स्थायित्व सुनिश्चित गरेको सांसद भट्टराईको दाबी

प्रकाशित मिति :  22 July, 2025 4:18 pm


काठमाडाैँ । नेकपा (एमाले)का सांसद गोपाल भट्टराईले काँग्रेस–एमाले गठबन्धनको सरकारले मुलुकमा राजनीति स्थायित्व सुनिश्ति गरेको दाबी गरेका छन् ।

राष्ट्रिय सभाको मंगलवारको बैठकमा बोल्दै सांसद भट्टराईले राजनीतिक स्थायित्वले विकास र समृद्धिको बाटो खोलेको दाबी गरेका हुन् ।

अराजकता र राजतन्त्र पुनःस्थापनाका हर्कतहरूलाई सरकारको सफलताले रोक्न सफल उनले दाबी छ । सांसद भट्टराईले अर्थतन्त्र बिस्तारै लयमा फर्किन थालेको बताउँदै आर्थिक संकटको खतरा टरेको उल्लेख गरे ।

उनले वर्तमान सरकाले जनतामा सकारात्मक मनोविज्ञानको विकास भएको पनि बताए । विद्युत उत्पादन र निर्यात तथा कानून निर्माणमा सरकारको महत्वपूर्ण उपलब्धी भएको उनको भनाइ छ । 

उनले राष्ट्रिय सभा कानून निर्माण गर्ने महत्वपूर्ण थलो भएको उल्लेख गर्दै सबैले गम्भीर भएर लाग्नुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !