पूर्वराष्ट्रपति भण्डारीलाई एमाले केन्द्रिय कमिटीका अधिकांश सदस्यहरूले भनेः पूर्वराष्ट्रपतिकै हैसियतमा बस्नुस्
प्रकाशित मिति : 22 July, 2025 4:22 pm
नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा फर्किन नहुने धारणा पार्टीका केन्द्रिय कमिटीका नेताहरूले राखेकाे बताएका छन् ।
केन्द्रिय कमिटीको बैठकमा मंगलवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । बैठकमा आफ्नो धारणा राख्नुहुने अधिकांश नेताहरूले राष्ट्रिय महाधिवेशनमा प्रश्तुत गरिने विधान र त्यसको संशोधित प्रावधानका बारेमा छलफल गरेका बताए ।
उनले केन्द्रिय कमिटीका अधिकांश सदस्यहरुले भण्डारीलाई पूर्वराष्ट्रपतिको हैसियतमै बस्न आग्रह गर्नुभएको बताए । प्रमुख सचेतक बर्तौलाले आज नै बैठक समापन गर्ने तयारी भइरहेको बताए ।








